2026/07/29

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति

Admin
Admin

२०८०-११-२१

539
Shares
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति

काठमाडौं : चार राजनीतिक दलबीच राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको छ। 

नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो। 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकले गरेको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो। 

फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदै छ। यसअघि कांग्रेस माओवादी गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा जिताएका थिए। 

तर माओवादी केन्द्रले समेत कांग्रेससँगको सहमति विपरीत अध्यक्ष पदका लागि आफ्नै उम्मेदवार घोषणा गर्ने भनेपछि दुई राजनीतिक दलबीच तिक्तता चुलिएको थियो। अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल छिन्। फागुन २० गतेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको छ। 

539
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja