कांग्रेस र माओवादीसहितको सत्तागठबन्धन भत्किएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुुसार आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।
पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।