2026/04/29

साधारण मुद्दतिको ब्याज घट्यो, संस्थागतको थोरै बढ्यो, बचतको न्यूनतम ब्याज ३ प्रतिशतमा स्थिर

Admin

२०८०-११-३०

413
Shares

काठमाडौं : अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।  अरुले भने ब्याजदर घटाएका छन् ।

बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । 

पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर निकै तल आएको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर अझै उच्च भएको व्यवसायिहरुले बताउँदै आएका छन् ।

उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । उक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन् । सिद्धान्ततः निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि कम हुँदै जान्छ । त्यसको फाइदा ऋणीले पाउँछन् ।

413
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.