2026/09/14

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले वेल घेराउ गरेपछि संसद् बैठक स्थगित

Admin
Admin

२०८०-१२-०२

568
Shares
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले वेल घेराउ गरेपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को वेल घेराउ गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले संसद्को वेल घेराउ गरेका हुन् ।

उनीहरूले 'गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे' लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् ।

कांग्रेसको अवरोधसँगै प्रतिनिधिसभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।

568
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja