2026/09/13

सामान्य अंक बढ्यो नेप्से, पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Admin
Admin

२०८०-१२-०५

545
Shares
सामान्य अंक बढ्यो नेप्से, पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने सामान्य बढेको हो।

सोमबार नेप्से परिसूचक ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ बर्अ ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५३ हजार २५६ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.१५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको साढे १३ करोडको शेयर किनबेच भएको छ। 

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja