2026/06/13

आयुर्वेद सेवाबारे छलफल :आयुर्वेद स्वास्थ्य केन्द्र कमलबजारमा स्थापना गर्न माग

Admin

२०८१-०१-१६

876
Shares

दिपा भण्डारी (अछाम) - जिल्ला आयुर्वेद कार्यालय अछामले प्रदान गर्ने सेवा विस्तारका बारेमा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । सञ्चारकर्मी तथा जनप्रतिनिधीहरुसँग आयुर्वेद सम्बन्धी अभिमुखिकरण कार्यक्रम जिल्ला आयुर्वेदको आयोजनामा अछामको कमलबजारमा संम्पन्न भएको हो । 

उक्त अभिमुखीकरण कार्यक्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा हालसम्म उपलब्ध सेवाकोबारेमा सहभागिलाइ विस्तृत रुपमा जानकारी गराइएको थियो । आयुर्वेद उपचार पद्धतीको महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै कमलबजारका जनप्रतिनिधिहरुले आयुर्वेद स्वास्थ्य केन्द्र कमलबजारमा पनि स्थापना हुनुपर्ने माग गरेका छन । 
आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताहरुले न्युन बजेट, कम जनशक्तिका बिच पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निकै प्रभावकारी र परिणाममुखी काम गरेकोभन्दै गाँउगाँउमा स्वास्थ्य शिविर संचालन, जिवनशैलि व्यवस्थापनका निम्ति स्वस्थ जिवन , योगा तथा बाथ रोगका लागि स्टिम वाथलगायतका कार्यक्रम सचालन गरि जनताकाबिच लोकप्रिय बन्दै गएको बताएका छन । 

जिल्ला आयुर्वेदको तथ्यांक हेर्दा अछाम जिल्लाको कुल जनसंख्याको १२ हजार ४ सय ३८ जना महिला र ९ हजार ८३ जना पुरुष गरि जम्मा २१ हजार ५ सय २१ जनाले आयुर्वेद सम्बन्धि सेवा लिएको तथ्यांक जिल्ला आयुर्वेदका वैद्य खडक बमले प्रस्तुत गरेका थिए ।  साथै्े अहिलेसम्म आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाहरु उत्तकृष्ट एवम नविन्तम अभ्यासका बारेमा र जिल्ला आयुर्वेद केन्द्रले जिल्ला भर सञ्चालन गरिरहेका विभिन्न सेवाका विषयमा जानकारी गराएका थिए । 

कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवरले उपप्रमुख कुँवरले आयुर्वेद सेवा सम्बन्धी प्रचारप्रसारको कमि रहेकाले आगामी दिनमा केन्द्रले आम नागरिक सम्म आयुर्वेद स्वास्थ्य सेवाका बिषयमा प्रचारप्रसारका कार्यक्रम बढाउनुपर्नेमा जोड दिइन । गाँउगाँउमा स्वास्थ्य शिविर संचालन गरेर आयुर्वेद स्वास्थ केन्द्र विस्तार गर्न र स्वास्थ्य शिविर गर्न बजेटको व्यवस्था गरिने उनको भनाइ छ । 

कार्यक्रममा अध्यक्ष एवं जिल्ला आयुर्वेद केन्द्र अछामका कार्यालय प्रमुख दिपक राज पन्तले आयुर्वेदको महत्त्व, यसको प्रयोग र बुझाई, जीवनशैली अवलम्बन गर्ने तरिकाकाबारेमा समेत जानकारी दिएका थिए । प्रयाप्त जनशक्ति, आवश्यक उपकरण र औषधीको व्यवस्था गर्न राज्यका तिनवटै निकायले एकजुट भएपछि मात्र सम्भव हुने बताए ।

विकास र सम्बृद्धिको लागि स्वस्थ्य जनशक्ति आवस्यक भएको बताउँदै स्वस्थ जिवन शैलि, सरल आहार विहार र  मौलिक आयुर्वेद उपचार पद्घतिलाई अंगिकार गरेर अगाडि बढेमा सबैखाले समस्याको समाधान हुने बताए ।  कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष , कार्यवहाक वडा अध्यक्ष कार्यपालिका सदस्य जनप्रतिनिधि र जिल्ला स्थीत विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीकोे सहभागिता रहेको थियो ।

 

876
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.