2026/09/12

अहिलेसम्म बैंक नपुगेको बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोलिने

Admin
Admin

२०८१-०२-१५

499
Shares
अहिलेसम्म बैंक नपुगेको बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोलिने

सरकारले अहिलेसम्म पनि बैंकको शाखा स्थापना नभएको बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१८२को बजेटमा सो गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेको हो । 

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा भनेका छन्, ‘बैंकिङ सेवा पुग्न बाँकी बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिनेछ ।’ 

दुर्गम एवं ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गनै डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवालाई सघन रुपमा उपयोग गर्दै लगिने पनि बजेटमा उल्लेख छ । 

499
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja