2026/09/13

करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरें : ओली

Admin
Admin

२०८१-०३-१७

501
Shares
करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरें : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आइतबार दिउँसो आफ्नै निवास बालकोटमा बोलाएर उनले करणलाई बधाई दिएका हुन् । उनले समय पाएका बेला करणको गायन प्रतिभा सुनेको बताए ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

शनिबार सम्पन्न फिनालेमा बर्दियाको बारबर्दिया नगरपालिकाका करण ‘नेपाल आइडल सिजन ५’ को विजेता चुनिएका हुन् । उनलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए ।

501
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja