2026/06/06

अर्जुन कुमारको नयाँ गीत 'घर देश'

Admin

२०८१-०३-१९

470
Shares

काठमाडौँ — गायक अर्जुन कुमारको स्वरमा 'घर देश'बोलको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । 'रमाइलो छ यो साँझ'बोलको चर्चित गीतका गायक कुमारकै शब्द र संगीतमा सार्वजनिक नयाँ गीतको भिडियोमा अभिनेता गौरव पहारी र गीता ढुंगानाको अभिनय छ । 

गीतमा परदेशबाट देश फर्किएको परदेशीको भावनालाई समेटिएको छ । सन्जीव सुब्बाको अरेन्ज, मिक्सिङ रहेको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् भने गीतमा विकास धमलाको रंग संयोजन/सम्पादन छ । गीतमा गायक कुमार आफै पनि देखिएका छन् । गायक कुमार नेपाली फिल्मका निर्मातासमेत हुन् । अहिले उनी 'सानो संसार' भन्ने फिल्म निर्माण गर्दैछन् ।

470
Shares

©News Kunja 2021-2026. All rights reserved.