2026/03/14

साउनदेखि 'केवाइसी' भेरिफाई नभएका इसेवा, खल्ती, आइएमइ पे र प्रभु पे नचल्ने

Admin

२०८१-०३-२६

363
Shares

काठमाडौं, असार २५

आगामी साउन १ गतेदेखि केवाइसी भेरिफिकेसन नभएका इसेवा, खल्ती, आइएमइ पे तथा प्रभु पेका खाता 'फ्रिज' हुने भएको छ।

सरल, सुरक्षित र सुलभ डिजिटल भुक्तानीलाई प्रबन्धन गर्ने उद्देश्यसहित यी चार डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य भएको हो। कम्पनीहरूले संयुक्त रूपमा 'केवाइसी जरुरी छ' अभियान सुरू गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नका लागि केवाइसी प्रमाणीकरण अनिवार्य छ। तर अझै पनि थुप्रै प्रयोगकर्ताहरूले आफ्नो खाताको केवाइसी भेरिफाई (प्रमाणीकरण) गरेका छैनन्। केवाइसीको महत्त्वबारे बुझाउन 'केवाइसी जरुरी छ' अभियान आवश्यक कदम रहेको कम्पनीहरूको भनाइ छ।

केवाइसी डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने अत्यावश्यक प्रक्रिया हो। कालो धन शुद्धीकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नका लागि यो अनिवार्य छ।

आर्थिक वर्ष २०८१/२०८२ को सुरुआतदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाइसी प्रमाणीकरण अनिवार्य रूपमा गर्नुपर्ने नियम राष्ट्र बैंकको छ। केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरूको सञ्चालन रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम समेत फ्रिज हुने जनाइएको छ।

केवाइसी प्रमाणीकरण गरेपछि मात्रै डिजिटल खाता पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ।

363
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.