2026/10/23

मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

Admin
Admin

२०८१-०३-२८

499
Shares
मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर
काठमाडौँ, 
 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएकी छिन्।

उनले नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको जागिर खाएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध दायर गरेको मुद्दामा अदालतले बिहीबार यो निर्णय सुनाएको हो।

गीता कैलालीको धनगढी उप–महानरपालिकास्थित शिव निम्र माध्यामिक विद्यालय (हालको) देवरियामा शिक्षिका थिइन्। उनले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएकाे बताइएकाे छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई २०७९ असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर भएको थियो।

499
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja