2026/04/29

केन्द्रीय केवाईसी प्रणालीमा राष्ट्रिय परिचयपत्र आबद्ध गरिने

Admin

२०८१-०४-१२

449
Shares

काठमाडौँ — केन्द्रीय ग्राहक पहिचान प्रणाली (केवाईसी) निर्माण र कार्यान्वयनमा नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ । केन्द्रीय केवाईसीमा राष्ट्रिय परिचपयपत्र आबद्ध गर्ने चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा समावेश छ ।

बैंक तथा वित्तीय संस्थासँगै भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूबीच ग्राहकको सूचना आदन-प्रदान गर्ने कार्यलाई थप सहज बनाउन केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माण तथा कार्यान्वयनमा राष्ट्र बैंकले सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको हो ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा राष्ट्रिय परिचय पत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गराउन कर्जा सूचना केन्द्रमार्फत कार्य अगाडी बढाइएको उल्लेख छ । ‘ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्रसमेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी केन्द्री ग्राहक पहिचान प्रणाली निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय गरिने,’ मौद्रिक नीतिमा भनिएको छ ।

449
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.