2026/09/15

कमल शाह दोस्रो पटक मुख्यमन्त्री

Admin
Admin

२०८१-०४-२१

524
Shares
कमल शाह दोस्रो पटक मुख्यमन्त्री

धनगढीः नेपाली कांग्रेसका कमलबहादुर शाह आइबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने आधार नदेखिपछि पदबाट राजीनामा दिएका थिए। २०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका शाह बुबाको जागिरसँगै तराई झरेका थिए। उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन्।

उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन्। टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गरेका छन्। २०४४ सालमा नेबिसंघ हुदै राजनीतिमा प्रवेश गरेका हुन। क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आएका उनी २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य भए।

524
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja