2026/09/14

काभा महिला भलिबल खेल्ने नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

Admin
Admin

२०८१-०४-२४

601
Shares
काभा महिला भलिबल खेल्ने नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

काठमाडौँ — काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाकाले नगदसहित सम्मान गरेको छ । बिहीबार महानगरपालिकाले उक्त प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई नगदसहित सम्मान गरेको हो ।

महानगरपालिकाले खेलाडीहरुलाई जनही नगद एक लाख रुपैयाँ र टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेको हो ।

खेलाडीहरुलाई सम्मान गर्दैै मेयर बालेन्द्र शाहले फाइनल खेल्ने खेलाडीहरुले खेल क्षेत्रको विकासका लागि सरकारले लगानी गर्न बाँकी रहेको छ भन्ने सन्देश दिएको बताए । ‘काभा नेसन्स लिगको फाइनल खेलमा तपाईहरुले जसरी खेल्नुभयो, त्यहाँ तपाईहरुको प्रदर्शनले भलिबल नेपालको राष्ट्रिय खेल हो भन्ने प्रमाणित गरिदिनुभएको छ,’ उनले भने, ‘खेलमा कुनै कमजोरी थिएन । तर तपाईहरुको प्रदर्शनले खेल क्षेत्रको विकासमा सरकारले लगानी गर्न मात्रै बाँकी रहेछ भन्ने अनुभूति गराउनुभएको छ, त्यो सन्देश दिनुभएको छ ।’

महानगरपालिकाले नेपाली टिमकी क्याप्टेन अरुणा शाहीसहित खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै, व्यवस्थापक निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव तथा थेरापिष्ट लोकेन्द्रबहादुर कुँवरलाई पनि सम्मान गरेको छ ।

601
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja