2026/09/14

कांग्रेस समन्वय प्रमुखद्वारा कांग्रेसकै माननीयविरुद्ध उजुरी!!

Admin
Admin

२०८१-०५-२४

538
Shares
कांग्रेस समन्वय प्रमुखद्वारा कांग्रेसकै माननीयविरुद्ध उजुरी!!

अछाम।

नेपाली कांग्रेस अछाममा आन्तरिक विवादले तीव्र रुप लिएको छ। पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह र इतर समूहबीचको द्वन्द्व सार्वजनिक भएको छ। कांग्रेस अछामका जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले पार्टी सभापति शाहविरुद्ध केन्द्रीय सभापति शेर बहादुर देउवा समक्ष विभिन्न आरोप लगाउँदै उजुरी दिएका छन्।

कुँवरले पार्टी जिल्ला कोषको लाखौँ रुपैयाँ हिनामिना गरेको, पार्टी कार्यालय निर्माणका लागि लालपुर्जा नभएको जग्गा खरिद गरी आर्थिक अपचलन गरेको लगायतका गम्भीर आरोप लगाएका छन्। उजुरी बुझाउन कुँवरसँगै कांग्रेस अछामका २ दर्जनभन्दा बढी नेताहरू देउवाको उपस्थितिमा सहभागी भएका थिए। सभापति देउवाले उजुरीको आधारमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

यो विवाद सात दिन अघि समन्वय समितिको क्वाटरमा प्रवक्ता पदम बहादुर शाह र समन्वय प्रमुख ललित कुँवरबीच हात हालाहालको घटनापछि थप चर्किएको हो। प्रवक्ता शाहले बोतल प्रहार गर्दा घाइते भएका कुँवर उपचारका लागि काठमाडौं गएका थिए, जसका कारण कुँवरले जिल्ला पार्टी सभापति शाहविरुद्ध थप आक्रोश पोखेका छन्।

538
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja