तीन वर्षमा सुदूरपश्चिममा १२३ महिलासहित १८ सय २२ पुरुष लागुऔषधसहित पक्राउ
Admin
२०८१-०६-२०
312
Shares
धनगढीः सुदूरपश्चिममा लागुऔषधसहित १८ सय २२ जना पक्राउ परेका छन्। तीमध्ये एक सय २३ महिला हुन्।
आर्थिक वर्ष २०७७/७८ मा १८ महिला र तीन सय ६७ पुरुष, आर्थिक वर्ष २०७८/७९ मा २६ महिला र पाँच सय ४२ पुरुष तथा आर्थिक वर्ष २०७९/८० मा ७९ महिला र ७ सय ९० पुरुष अभियुक्त लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ।