2026/04/29

बाढीका कारण बीमा कम्पनीमा ७ अर्ब २८ करोडको दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?

Admin

२०८१-०६-२०

554
Shares

काठमाडौं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई ७ अर्ब बढी भार पर्ने भएको छ । बीमा कम्पनीहरूले बाढी-पहिरोको क्षतिबाट ७ अर्ब २८ करोड रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान गरेका छन् ।

देशभर बाढीले विध्वंश मच्चाएपछि प्राधिकरणले बीमा कम्पनीहरूलाई सम्भावित दाबीको प्रारम्भिक तथ्यांक बुझाउन निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीहरूले प्राधिकरणलाई प्रारम्भिक तथ्यांक बुझाएका छन् ।

कम्पनीहरुले बुझाएको तथ्यांकमा २ हजार ३३७ वटा दाबी पर्ने अनुमान गरिएको छ । जसको दाबी रकम ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाइएको छ । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ ।

कुन कम्पनीमा कति दाबी ?

सबैभन्दा धेरै भार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पर्ने अनुमान गरिएको छ । सिद्धार्थ प्रिमियरलाई १ अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी  पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने जनाइएकाे छ ।

यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दाबी परिसकेको छ ।

हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।

यसैगरी, शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

554
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.