2026/06/13

दशैं बिदापछि बढ्यो सेयर बजार, गुडविल फाइनान्समा झुम्मिए लगानीकर्ता

Admin

२०८१-०६-२९

771
Shares

काठमाडौं । दशैं बिदापछि खुलेको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार सेयर बजार परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

आज ३०७ कम्पनीका ३५ हजार ६ सय ४८ पटकको कारोबारमा ६४ लाख १७ हजार २ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७ सय ९९ रुपैयाँ रहेको छ ।

२०५ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ भने ६ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये एउटा घट्दा बाँकी १२ वटामा हरियाली छाएको छ । आज जानकी फाइनान्स र मिथिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा गुडविल फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

771
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.