2026/04/29

वुमेन्स साफ च्याम्पियनसिप २०२४ : बंगलादेशले गर्‍यो उपाधिको रक्षा

Admin

२०८१-०७-१४

618
Shares

हिमेश — रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो ।

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।

त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो ।

रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोहोर्‍याइन् ।

पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो । खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् ।

नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रिति राईको थ्रु पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन् ।

पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो ।

खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो । सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो ।

618
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.