2026/09/12

नेपाली महिला राष्ट्रिय टोलीलाई काठमाडौं महानगरको २५ लाख पुरस्कार

Admin
Admin

२०८१-०७-१४

869
Shares
नेपाली महिला राष्ट्रिय टोलीलाई काठमाडौं महानगरको २५ लाख पुरस्कार

काठमाडौं– साफ महिला च्याम्पियनसीप फाइनलमा उपबिजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख पुरस्कार दिएको छ।  

महिला फूटबललाई बलियोगरी प्रस्तुत गरेको र नेपालको नामलाई उच्च राख्नका लागि सक्षमता देखाएका कारण महानगरले उक्त रकम पुरस्कार स्वरुप दिएको हो।  

सोल्टी क्राउन प्लाजामा मंगलबार राती नै उक्त रकम हस्तान्तरणको गरिएको छ। महानगर प्रमुख बालेन शाहले रकम हस्तान्तरण गरेका छन्। 

बंगलादेशसँगको फाइनलमा नेपाल २–१ ले पराजित हुँदै उपबिजेता बनेको हो। भारतलाई पराजित गर्दै छैठौं पटक नेपाल फाइनलमा पुगेको हो।

बंगलादेशसँगको यो दोस्रो फाइनलमा नेपाल पराजित भएको हो। यसअघि ३–१ ले पराजित भएको थियो।

869
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja