2026/06/13

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

Admin

२०८१-०७-२९

750
Shares

२९ कात्तिक, काठमाडौं ।

बिहीबार सेयर बजारमा कुल १० अर्ब ३२ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.७ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ३ अर्ब ६४ करोड रुपैयाँको बिक्री भयो ।

टप १० ब्रोकरमध्ये ५ मार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, अनलाइन, सनी र क्यापिटलमार्फत खरिद धेरै भएको छ । त्यस्तै लिन्च, इम्पेरियल, आर्यतारा, दिपशिखा र सारेप्रोमार्फत बिक्री धेरै भएको छ ।

कारोबार रकमका आधारमा यस दिन जानाकी फाइनान्स, ङादी ग्रुप, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, बेस्ट फाइनान्स, माछापुच्छ«े बैंक, मितेरी विकास बैंक अगाडि रहे ।

750
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.