2026/08/25

कपिलवस्तुको शुद्धोधन-१ मा १४ जनाको उम्मेदवारी

Admin
Admin

२०८१-०८-०२

458
Shares
कपिलवस्तुको शुद्धोधन-१ मा १४ जनाको उम्मेदवारी

कपिलवस्तु — स्थानीय तह उपनिर्वाचनका लागि रिक्त रहेको शुद्धोधन गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । 

वडा न. १ को कार्यालय सोहसामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार १० जना पार्टीका उम्मेदवार र ४ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । कांग्रेसबाट दिनेशकुमार यादव, माओवादी केन्द्रबाट रफिमोहम्मद मुसलमान, एमालेबाट मोहम्मद ताहिर मुसलमान, जनमतबाट सिताराम पटेलकुर्मी र जनता समाजवादी पार्टीबाट रमेशकुमार पाण्डेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका इजताज अहमद धोबी, नागरिक उन्मुक्ती पार्टीबाट सूर्यकुमार चौधरी, रास्वपाबाट अवधेश चौधरी र नेकपा एकीकृतबाट सुब्बा थारुले उम्मेदवारी दिएका छन् । त्यस्तै सर्बजीत मल्लाह, अब्दुल मुईद खा, अब्दुल फकिर र पुजारी थारुले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उम्मेदवारहरु नेता कार्यकर्तासहित मनोनयन दर्ता गर्न पुगेका थिए । ब्यानर बोकेर नारा जुलुस गर्दै गीत बजाउँदै उम्मेदवार मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वडा अध्यक्ष तिलकराम यादवको मृत्यु भएपछि रिक्त पदमा निर्वाचन भइरहेको हो । मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

458
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja