2026/08/24

पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज शोक बिदा दिने

Admin
Admin

२०८१-०८-०३

452
Shares
पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज शोक बिदा दिने

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिए।

अन्त्यष्टिअघि उनको पार्थिव शरीर सानो गौचरणमा राखिनेछ। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन्।पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

452
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja