2026/04/29

अर्जेन्टिनाको विश्वकप यात्रा लगभग निश्चित

Admin

२०८१-०८-०५

648
Shares

काठमाडौँ, मंसिर ५, २०८१

लउतारो मार्टिनेजले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पेरुलाई १–० ले पराजित गरेको छ । यससँगै जितको बाटोमा फर्केको अर्जेन्टिनाको निर्णायक गोल ५५ औं मिनेटमा सम्भव भएको थियो ।

यो नतिजापछि लियोनल मेसीको डिफेन्डिङ च्याम्पियन विश्वकपमा छनोट हुने सम्भावना लगभग निश्चित भएको छ । अर्जेन्टिना १२ खेलबाट २५ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि उरुग्वे २० अंकमा रहेको छ । उरुग्वेले अर्को खेलमा ब्राजिलसँग रोमाञ्चक १–१ को बराबरी खेल्यो ।

उरुग्वेले ५५ औं मिनेटमा फेडरिको भाल्भेरडोको गोलले अग्रता लिएको थियो । त्यसपछि ब्राजिलका लागि गेरासनले ६२ औं मिनेटमा बराबरी गोल फर्काए । ब्राजिल १८ अंकमा पाँचौंमा छ भने उसका अगाडि इक्वडेर र कोलम्बियाको समान १९ अंक छ ।

अन्य खेलमा चिलीले भेनेजुएलालाई ४–२ ले हरायो भने कोलम्बिया घरमै इक्वेडरको हातबाट १–० ले पराजित रह्यो । यस्तै बोलिभिया र पाराग्वेले २–२ को बराबरी खेल ।

648
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.