2026/04/29

एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मार्फत हेर्न सकिने

Admin

२०८१-०८-११

686
Shares

११ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ।

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कबाट प्रसारण हुनेछ । प्रतियोगिता यही मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्ने छन् ।

686
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.