2026/08/24

अछाममा रुखबाट लडेर महिलाको मृत्यु

Admin
Admin

२०८१-१०-२९

444
Shares
अछाममा रुखबाट लडेर महिलाको मृत्यु

अछाम — अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–११ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा उनी घाँस काट्न गएकी थिइन् ।लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डीएसपी भण्डारीले बताए । ६५ वर्षीया निखिरालाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनका श्रीमान् देवबहादुर नेपालीले बताए ।

 

444
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja