2026/09/12

बर्न अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने– उपचारमा कमी नहोस्

Admin
Admin

२०८१-११-०३

773
Shares
बर्न अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने– उपचारमा कमी नहोस्

३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत जलनका सबै विरामीको उपचारमा कुनै हुन नदिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा शनिबार बेलुनमा आगो लाग्दा जलेर घाइते भएका दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पौडेल र आचार्यलाई भेटेपछि मन्त्री पौडेलले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको भन्दै कुनै कमी नल्याउन अनुरोध गरेको बताए ।

मन्त्री पौडेलको सचिवालयले जनाएअनुसार त्यसक्रममा उनले अरु बिरामीहरूको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएका थिए ।

मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताए ।

 

‘जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि रहेका छौं,’ उनले भने, ‘सुधारका कामले नतिजा दिन थालिसकेका छन् ।’

वीर अस्पताल अन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ । वार्डको मन्त्री पौडेलले शुरुवात गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको छ 

773
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja