शनिबार बसेको निगमको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६८ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ।
नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।