2026/08/24

बाजुरामा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाको पहल

Admin
Admin

२०८१-११-१८

525
Shares
बाजुरामा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाको पहल

बाजुरा — बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ।

पालिकाले ऐतिहासिक प्रमाणहरू सहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आग्रह गरेको हो। परापूर्वकालमा स्थानीय स्तरमै उत्खनन गरी बनाइएका फलामका भाँडाकुँडा र औजारहरू आजसम्म प्रयोग भइरहेकाले यहाँ फलाम खानीको ठूलो सम्भावना रहेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्।

गाउँपालिकाका ४, ५, र ६ नम्बर वडामा फलाम खानीको सम्भावना रहेको अनुमान गरिएको छ। यसै आधारमा पालिकाले मन्त्रालयलाई अध्ययनका लागि आवश्यक बजेट र विज्ञहरूको व्यवस्था गर्न आग्रह गरेको छ।

फागुन १८ गते पठाइएको पत्र सोही दिन मन्त्रालयमा दर्ता भएको छ। दर्ता नम्बर १६७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

यदि फलाम उत्खनन कार्य अघि बढाइयो भने हजारौं स्थानीयवासीलाई रोजगारी सिर्जना हुनुका साथै नेपालमै फलाम उत्पादन गरी आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

525
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja