2026/06/13

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

Admin

२०८१-१२-०२

634
Shares

काठमाडौ  – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाली महिला राष्ट्रिय टोली र हङकङबीच प्रतिस्पर्धा हुदैछ ।

दुईबीचको खेल युगाण्डामा नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुदैछ । लिग चरणको खेलमा तेस्रोमा रहेको हङकङ र नेपाल चौथो स्थानमा रहेको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङलाई पराजित गरेको थियो ।

हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

नेपाली महिला र हङकङ महिला टोलीबीचको पछिल्ला ५ आमने सामनेमा नेपाल अगाडी रहेको छ । नेपालले ३ खेलमा जित हात पार्दा हङकङ २ खेलमा सफल भएको छ । सिरिजको उपाधीका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुदैछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।

634
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.