2026/09/15

नवराज सुवेदीलाई बिनापुर्जी प्रहरी निगरानीमा घरमै राखिएको छ : आयोग

Admin
Admin

२०८१-१२-२१

484
Shares
नवराज सुवेदीलाई बिनापुर्जी प्रहरी निगरानीमा घरमै राखिएको छ : आयोग

चैत २२, काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले राजसंस्था पुन:स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई बिना कुनै कानुनी प्रक्रिया घरमै प्रहरी निगरानीमा राखिएको बताएको छ। आयोगका सदस्य मनोज दुवाडीसहितको टोलीले सुवेदीलाई भेटेपछि शुक्रबार यसबारे जानकारी दिएको हो।

आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आजै आयोगका माननीय सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ। निजलाई बिना कुनै कानुनी प्रक्रिया निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ।”

त्यस्तै, आयोगले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि बुझेको जनाएको छ। आयोगले चैत १५ गते तीनकुने घटनाबारे छानबिन गर्नुपर्ने विषयमा समेत सघाउन आग्रह गरेको छ।

आयोगको विज्ञप्तिमा भनिएको छ, “घटनाको गम्भीरता र प्राप्त उजुरीहरूलाई मध्यनजर गर्दै आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन तथा अनुसन्धान गरिरहेको छ। छानबिन तथा अनुसन्धान जारी छ, र आवश्यक परेमा आयोगले विशेषज्ञहरूको समेत सहयोग लिनेछ।”

यस विषयमा सरकार पक्षको आधिकारिक धारणा भने आएको छैन। प्रहरी प्रशासनले सुवेदीलाई निगरानीमा राख्नुको कारण खुलाएको छैन।

484
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja