2026/09/14

सुदूरपश्चिमका ६ लाख १ हजार विद्यार्थीको शैक्षिक यात्रा अवरुद्ध

Admin
Admin

२०८२-०१-१०

514
Shares
सुदूरपश्चिमका ६ लाख १ हजार विद्यार्थीको शैक्षिक यात्रा अवरुद्ध

धनगढी: सुदूरपश्चिम प्रदेशका ६ लाख एक हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ।

सुदूरपश्चिम प्रदेशमा कक्षा १ देखि १२ सम्म पाँच लाख ३१ हजार तीन सय ८२ विद्यार्थी रहेका छन्। शिशुमा ७० हजार ६ सय १४ विद्यार्थी भर्ना भएका थिए। सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रबाट ६ लाख एक हजार नौ सय ९६ विद्यार्थीले पढ्न पाएका छैनन्।शिक्षकहरूको काठमाडौँ केन्द्रीत आन्दोलनका कारण विद्यार्थीको पढाइ प्रभावित भएको हो।

शिक्षकहरूको शिक्षा ऐन माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनका कारण उनीहरूको पढाइ प्रभावित भएको हो। शिक्षा विकास निर्देशनालय डोटीले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम प्रभावित भएको बताएको छ। निर्देशनालयले गत शैक्षिक सत्रको परीक्षा फल प्रकाशन भएपनि नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम पूर्ण प्रभावित भएको बताएको हो।

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja