काठमाडौँ — सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीलाई नियुक्त गरिएको छ । यो आयोगको कार्यकाल तीन महिना तोकिएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो ।