2026/09/14

क्रिकेट टोली भोलि युएई जाने

Admin
Admin

२०८२-०६-०५

454
Shares
क्रिकेट टोली भोलि युएई जाने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसा आएको छ।

विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली शुक्रवार युएई जाने तयारी भएपनि भिसा नआएका कारण यात्रा रोकिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली‌ सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा दिनमा कडाइ गरेको छ ।

क्यानले युएई सरकार त युएईको इमिरेट्स क्रिकेट बोर्डसँग समन्वय गरिरहेको भिसाको लागि प्रयास गरेको जनाएको थियो ।

नेपाल र वेस्ट इण्डिजबीचको सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि-ट्वान्टी सिरिज भनेर नाम दिएको छ।

यसको तयारीको लागि नेपाली टोली एक साता अगाडि युएई जाने तयारीमा रहेको थियो। नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यो सिरिज खेलेर नेपाल टि-ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ।

454
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja