2026/07/30

आईपीओ ल्याउने तयारीमा रहेको क्लब चौलानीले सुदूरपश्चिममा पाँचतारे होटल ‘होलिडे इन’ सञ्चालनमा ल्याउँदै

Admin
Admin

२०८२-०९-०८

370
Shares
आईपीओ ल्याउने तयारीमा रहेको क्लब चौलानीले सुदूरपश्चिममा पाँचतारे होटल ‘होलिडे इन’ सञ्चालनमा ल्याउँदै

पुस ८, २०८२

काठमाडौँ —क्लब चौलानीले सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। धनगढीमा २ अर्ब २० करोड रुपैयाँ लगानीमा, विश्वप्रख्यात आईएचजी ग्रुपले व्यवस्थापन गर्दै आएको ‘होलिडे इन’ होटल सञ्चालनमा ल्याइने भएको हो, जसको जानकारी क्लब चौलानीका अध्यक्ष डा. राजेन्द्र केसीले दिएका छन्।

होटल भारतीय पर्यटक, व्यापारिक समूह र सम्मेलन बजारलाई लक्षित गरी सञ्चालन हुने छ। ५ वटा प्रिमियम सुइटसहित ११५ आधुनिक कोठा, करिब १८,५०० वर्गफुटमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म क्षमता भएको बैंक्यूट हल, रुफटप स्विमिङ पूल, बहुपरिकार रेष्टुरेन्ट, फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्ष र निजी डाइनिङ सुविधा उपलब्ध हुनेछ।

धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा रहेको यस होटलले सुदूरपश्चिम प्रदेशको पर्यटन, रोजगारी र स्थानीय आपूर्ति शृङ्खलामा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

होटल व्यवस्थापनका लागि डा. केसी र आईएचजी दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौता हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार आईएचजीले ब्रान्ड, सञ्चालन मापदण्ड र अन्तर्राष्ट्रिय नेटवर्क उपलब्ध गराउनेछ भने स्थानीय प्रवर्द्धकले पुँजी, पूर्वाधार र बजार व्यवस्थापनको जिम्मेवारी लिनेछन्।

होटल परियोजनामा करिब ६४ प्रतिशत (१ अर्ब ४३ करोड) बैंक ऋण र ३५ प्रतिशत (७७ करोड) प्रवर्द्धकको स्वपूँजी समावेश हुनेछ। साथै, क्लब चौलानीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) पनि जारी गर्ने योजना बनाएको छ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी गरिमा क्यापिटललाई दिइएको छ।

370
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja