2026/07/30

विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्छ : विश्वप्रकाश शर्मा

Admin
Admin

२०८२-०९-२७

262
Shares
विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्छ : विश्वप्रकाश शर्मा

पुष २७, २०८२

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले जनताका गुनासाहरूको केस्रा केस्रा केलाउने बताए। 

'मैले धेरैपटक सभापतिजीलाई छैटौं पटक प्रधानमन्त्री नबन्नुस् भनेर पटक-पक सुझाव दिएको थिएँ। सभापतिजीले हामीले भनेको सुझाव मानेको भए सायद अहिले उहाँलाई अभिभावकको रूपमा खोजिरहनुभएको हुन्थ्यो होला। उहाँहरूलाई भन्न चाहन्छौं, देश बाहिरकाले सुनोस्, देश भित्रकाले सुनोस्। पार्टी भित्रकाले सुनोस्, बाहिरकाले सुनोस्। यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ,' उनले भने।

महामन्त्री शर्माले ३४ वर्षमा ३० जा प्रधानमन्त्री बन्दा नेताहरूलाई सन्तुष्टि मिले पनि पनि जनतालाई नमिलेको बताए। 'यो कोठा र त्यो कोठा चहार्दै गर्दा सिडिओलाई सञ्चो लाग्यो होला। तर, सेवाग्राहीलाई लागेन। जनताका थुप्रै असन्तुष्टि र गुनासाहरू छन्। ती असन्तुष्टि र गुनासालाई हामीले केस्रा केस्रा केलाउँछौं,' उनले भने। 

262
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja