2026/07/29

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रतिनिधि दर्तामा उल्लेखनीय सहभागिता

Admin
Admin

२०८२-०९-२७

251
Shares
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रतिनिधि दर्तामा उल्लेखनीय सहभागिता

पुष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ आजबाट औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको पहिलो दिन प्रतिनिधिहरू, आम नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिसहित उत्साहजनक र भव्य वातावरणमा कार्यक्रम सम्पन्न भएको छ।

महाधिवेशन सचिवालयले जनाएको अनुसार आज सम्पन्न उद्घाटन सत्र तथा अन्य कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण नेता–कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ। प्रतिनिधि दर्ता प्रक्रियामा समेत उल्लेखनीय सहभागिता देखिएको सचिवालयको भनाइ छ।

प्रेस विज्ञप्तिअनुसार प्रदेशगत तथा भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै दर्ता स्टलको व्यवस्था गरिएको छ। दर्ता प्रक्रियामा सहभागी हुन नसकेका प्रतिनिधिहरूका लागि भोलि बिहान ८:०० बजेबाट पुनः दर्ता प्रक्रिया सुरु गरिने जानकारी गराइएको छ।

प्रदेशगत रूपमा दर्ता भएका प्रतिनिधिहरूको विवरण अनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३५८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १५२ जना प्रतिनिधि दर्ता भएका छन्। यसरी कुल २,६५२ जना प्रतिनिधि दर्ता भएका छन्।

महाधिवेशन सचिवालयका तर्फबाट सचिव युवराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै प्रतिनिधि तथा नेता–कार्यकर्ताको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरिएको छ

251
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja