2026/03/14

कांग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै

Admin

२०८२-०९-२८

123
Shares

पुस २८, २०८२

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले भने, 'महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।'

123
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.