2026/08/25

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

Admin
Admin

२०८२-०९-२८

293
Shares
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।

उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

293
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja