2026/04/29

मनाङमा रास्वपाबाट भएन मनोनयन दर्ता, पाँच दल प्रतिस्पर्धामा

Admin

२०८२-१०-०७

158
Shares

माघ ६, २०८२

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी दर्ता भएको छैन । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार मंगलबार निर्धारित समयभित्र मनाङबाट पाँच राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र मंगोल नेशनल अर्गनाइजेसशनबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।

रास्वपाले मनाङबाट अनिल गुरुङलाई टिकट दिएको थियो । तर, उनले मनोनयन दर्ता गरेनन् ।

मनाङमा उम्मेदवारी मनोनयन दर्ता नगरेसँगै १ सय ६५ प्रत्यक्षतर्फका सिटमध्ये १ सय ६४ सिटमा मात्रै रास्वपाका उम्मेदवार हुने भएका छन् ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङ, नेकपाबाट यशोदा गुरुङ सुवेदी, राप्रपाबाट कुविरसिंह गुरुङ र मंगलोल नेशनलबाट रामबहादुर आले निर्वाचित भएका छन् ।

मनाङमा ७ हजार मतदाता रहेका छन् ।

158
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.