2026/05/01

फागुन २१ को निर्वाचन: कर्णालीका ४४१ मतदान केन्द्र अति संवेदनशील

Admin

२०८२-१०-०९

227
Shares

माघ ८, २०८२

सुर्खेत — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेशका १० जिल्लामा रहेका ३ सय ५१ मतदानस्थलका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ।

प्रदेशभर रहेका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य, ६ सय ५१ संवेदनशील र बाँकी ४ सय ४१ अति संवेदनशील वर्गमा राखिएका छन्।

प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचन सुरक्षाका लागि कर्णालीभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ।

उनले भने, “दुर्गम र हिमाली जिल्ला मात्र होइन, प्रभावशाली नेताहरू उम्मेदवार भएका स्थानमा पनि सुरक्षा चुनौती रहने भएकाले विशेष सतर्कता अपनाइएको छ।”

यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमै राख्ने तयारी गरिएको र मतदान केन्द्रमा सिसिटिभी जडान गर्ने योजना समेत अघि बढाइएको डिआईजी श्रेष्ठले जानकारी दिए।

साथै, कर्णालीका केही स्थानमा सडकको अवस्था कमजोर भएकाले निर्वाचन सामग्री ढुवानी र मतपेटिका संकलनमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको उनले बताए।

227
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.