फाल्गुन २१, २०८२
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल चितवनबाट रुकुमका लागि हेलिकोप्टरमार्फत प्रस्थान गर्ने भएका छन् ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार उनलाई भरतपुरबाट अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत रुकुम लैजान अनुमति दिइसकिएको छ ।
दाहालले बिहीबार बिहान भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट मतदान गरिसकेका छन् । उक्त केन्द्र चितवन–३ अन्तर्गत पर्छ । उनी पूर्वी रुकुम–१ बाट उम्मेदवार रहेका छन् ।