2026/08/24

मनाङका ३ मतदान केन्द्रमा अझै मतदाता आएनन्

Admin
Admin

२०८२-११-२१

246
Shares
मनाङका ३ मतदान केन्द्रमा अझै मतदाता आएनन्

फाल्गुन २१, २०८२

 हिमाली जिल्ला मनाङमा मतदान सुरु भएको छ । विकट नार्पाभूमि गाउँपालिकाको ५ बटा मतदान केन्द्रमध्ये ३ वटा केन्द्रमा हलसम्म मतदाता पुगेका छैन । 

नार्पाभूमि गाउँपालिकाको ५ वटै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको छ । 

नार्पाभूमि गाउँपालिका १ र ३ नार गाउँ र वडा नम्बर ४ को फु गाउँ हालसम्म मतदाता आइनपुगेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । नार्पाभूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता छन् । मनाङमा एक अस्थायीसहित २९ मतदान केन्द्र छन ।

कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । यसअघिको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका छन् ।

246
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja