2026/05/01

देशभर बिहान १० बजेसम्म ५.४७% मत खसेको छ, गण्डकी प्रदेशमा सबैभन्दा बढी

Admin

२०८२-११-२१

130
Shares

फाल्गुन २१, २०८२

बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा १० बजेसम्म कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये १० लाख ३३ हजार १ सय २० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

देशका ७७ जिल्लामा १६५ निर्वाचन क्षेत्र र १०,९६७ मतदानस्थल रहेका छन्।

प्रदेशगत विवरण अनुसार सबैभन्दा बढी मत गण्डकी प्रदेशमा ९.२३ प्रतिशत खसेको छ भने सबैभन्दा कम कोशी प्रदेशमा ३.५३ प्रतिशत मात्र खसेको छ। उपत्यकामा ५.२८, मधेसमा ४.९८, वागमती प्रदेशमा ७.११, लुम्बिनीमा ४.६० र कर्णाली प्रदेशमा ७.०८ प्रतिशत मत खसेको छ।

130
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.