2026/08/26

टिकटकलाई प्रतिबन्ध लगाउन युवराज सफलले हाले निवेदन

Admin
Admin

२०८०-०५-१२

701
Shares
टिकटकलाई प्रतिबन्ध लगाउन युवराज सफलले हाले निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बारम्बार मुद्दा हालेर चर्चित बनेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटकलाई प्रतिबन्धन लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।

छोटो भिडियो र मनोरञ्जनका लागि चर्चित एप टिकटकको प्रयोगले मुलुकमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता, अपराध बढाएको जिकिर गर्दै उनले आज सञ्चारमन्त्री रेखा शर्माको निजी सचिवालयमा निवेदन दिएका हुन् । नेपालमा सञ्चालनका लागि अनुमति नलिएको एपमाथि नियमन नभएकोमा उनले असन्तुष्टि जनाएका छन् । 

निवेदनमा भनिएको छ, ‘टिकटकको माध्यमबाट गालीगलौज गर्ने, वेश्यावृत्ति गर्ने, सामाजिक, धार्मिक सद्भाव बिथोली धार्मिक, जातीय एवम् साम्प्रदायिक हिंसासमेत भड्काउने कार्य भएकाले यसलाई व्यवस्थापन नगर्दासम्म टिकटक बन्द गर्न माननीय मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै, उनले टिकटक चलाउनै परेको खण्डमा नेपालमा अनुमति लिनुपर्ने, सञ्चालनको मापदण्ड बनाउनुपर्ने, आचारसंहिता लागू गर्नैपर्ने र फेक आइडी चल्न नदिने वातावरण मिलाउनुपर्ने माग पनि राखेका छन् । 

टिकटक गेमको नाममा करोडौंको कारोबार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरुले समेत सरकारलाई कुनै राजश्व नतिरेको उल्लेख गर्दै युवराजले टिकटकलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

 

701
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja