2026/07/30

कुनै प्रधानमन्त्रीले आजसम्म आफैंमाथि छानबिन गर भनेका थिएनन् : वर्षमान पुन

Admin
Admin

२०८०-०५-१२

537
Shares
कुनै प्रधानमन्त्रीले आजसम्म आफैंमाथि छानबिन गर भनेका थिएनन्  : वर्षमान पुन

१२ भदौ काठमाडौं

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको भ्रष्टाचारविरोधी अभियानमा शंका नगर्न आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

 

अहिले सरकारले देशका सुशासन र आर्थिक समृद्धिको पक्षमा अभियान चलाइरहेको बताउँदै यसमा साथ दिन पनि सबै दललाई आग्रह गरेका छन्। उनले मंगलबार नै सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा जोडिएको भए आफैंमाथि छानबिन गर भन्नु ठूलो कुरा भएको पनि बताए। ‘प्रधानमन्त्रीले आफूलाई पनि छानबिन गर भनेर आजसम्म भनेका थिएनन्’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचारविरोधी अभियानबारे उहाँको अभिव्यक्तिबाट पनि विश्वास गर्न सकिन्छ।’

 

नेता पुनले पछिल्ला केही दिनयता देशमा सामाजिक सद्भाव बिथोल्न खोजिएकोमा पनि चिन्ता जनाए। ‘कसैले पनि सामाजिक सद्भाव बिथोल्ने गरी तथ्यहरु तोडमोड गरिनु हुँदैन’, उनले भने, ‘सबैले संवैधानिक अधिकार प्रयोग गर्ने हो। त्यसरी प्रयोग गर्दा एकले सम्प्रदायले अर्कालाई असर गर्नु भएन।’ उनले कसैलाई इंगित गरेकै भरमा जबरजस्ती राज्यशक्ति प्रयोग गर्न नहुने पनि बताए। ‘मिडियाले इंगित गरेकै भरमा कसैविरुद्ध पनि राज्यशक्ति प्रयोग गर्नु हुँदैन,’ उनले भने, ‘प्रमाण छ भने कसैलाई छाड्नु हुँदैन, कसैलाई बचाउनु हुँदैन। राज्यशक्ति र त्यसका अंगहरु प्रतिस्पर्धी र योग्य छन्। उनीहरुले अनुसन्धान गरिरहेका छन्। तिनमा विश्वास गरौँ।’

537
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja