2026/08/24

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (नामावलीसहित)

Admin
Admin

२०८०-०५-२९

550
Shares
उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (नामावलीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । शुक्रबार(आज) बसेको न्याय परिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । 

न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै आजको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

">http://

 

550
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja