आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।
यसै क्रममा अहिले काठमाडौंको टुँडिखेलमा संविधान दिवससम्बन्धी कार्यक्रम आयोजना गरिएको छ। जसमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत देशका विशिष्ट व्यक्तिहरुको सहभागिता छ।