2026/08/25

निरन्तर नौ दिन उभिएपछि अभियन्ता ई: र महानगरबीच सम्झौता, आन्दोलन स्थगित

Admin
Admin

२०८०-०६-१०

545
Shares
निरन्तर नौ दिन उभिएपछि अभियन्ता ई: र महानगरबीच सम्झौता, आन्दोलन स्थगित

निरन्तर नौ दिनदेखि उभिएर अनशन बसेका सामाजिक अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ।

महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ सहमति भएको काठमाडौं महागरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो भनाइ राखेर अभियन्ता ईः का माग पूरा गर्ने अधिकार आफूसँग नरहेको जिकिर गरेका थिए।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja