2026/08/26

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले गरे पदबहाली

Admin
Admin

२०८०-०७-०४

484
Shares
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले गरे पदबहाली

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गरेका छन्।

काठमाडौंमा जारी ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले शनिबार संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्।

महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि शुक्रबार बाँकी प्रक्रिया स्थगित भएको थियो।

महाधिवेशनबाट बहालवाला अध्यक्ष केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्।

पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो। त्यसपछि महाधिवेशनका बाँकी प्रक्रिया शुक्रबार स्थगित गरिएको थियो।

 

484
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja